You are viewing the translated version of विवरण तथा कागजात उपलब्ध गराउनु पर्ने.

Section 71
विवरण तथा कागजात उपलब्ध गराउनु पर्ने
ऐनको दफा ९८ बमोजिम बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारबाहीको सम्बन्धमा नियमन, निरीक्षण वा अनुगमन गर्न प्राधिकरणबाट खटिएको विशेषज्ञ वा कर्मचारीले माग गरेको विवरण तथा कागजात त्यसरी खटिएको विशेषज्ञ वा कर्मचारीले तोकेको समयमा उपलव्ध गराउनु बीमा व्यवसायसँग सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।